कार्यदलको प्रतिवेदन तयार

सफल खबर संवाददाता

बुधबार, २२ भदौ २०७९, २० : ३५
कार्यदलको प्रतिवेदन तयार

काठमाडौं । सत्ता गठबन्धनको सिट भागबण्डाको मोडालिटी तयार गर्न बनेको कार्यदलले आफ्नो प्रतिवेदन तयार गरेको छ । काँग्रेस नेता कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलले प्रतिवेदन तयार गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ सम्पन्न बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सञ्चारमन्त्री समेत रहेका कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले शीर्ष नेतृत्वले दिएको जिम्मेवारीअनुसार कार्यदलले प्रतिवेदन तयार गरेको जानकारी दिए । 

उनले बिहीबार ९ बजे पुनः अर्को बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नेतृत्वलाई बुझाइने बताए । ‘जिम्मेवारीअनुसार आज हाीले प्रतिवेदन तयार गरेका छौँ । यो प्रतिवेदनलाई भोलि बिहान ९ बजे बस्ने बैठकबाट अन्तिम रुप दिनेछौँ ।’

उनले गठबन्धन दलहरुले लिने सिट संख्या करिब करिब मिलेको बताउँदै केही कुराहरुमा अझै छलफल बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस