चितवन । चितवनको भरतपुरको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) मा डा.विश्वबन्धु बगाले नियुक्त भएका छन् । मेसु डा.कृष्णप्रसाद पौडेललाई हटाएर स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ औं तहका चिकित्सक डा.बगालेलाई पठाएका हुन् ।
डा.बगाले मेसु समूहमा नै कार्यरत चिकित्सक हुन् । उनी यसअघि हेटौंडास्थित किटजन्य रोग अनुसन्धान प्रयोगशालामा कार्यरत थिए । उनले रत्ननगर बकुलहर अस्पतालको मेसु भएर लामो समय काम गरेका थिए ।
बगालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका ८ जना अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशमै प्रथम
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी