काठमाडौंमा शुरु भयो ईन्द्रजात्रा, ठड्याईयो लिंगो

सफल खबर संवाददाता

बुधबार, २२ भदौ २०७९, ११ : ०६
काठमाडौंमा शुरु भयो ईन्द्रजात्रा, ठड्याईयो लिंगो

काठमाडौँ । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा सुरु भएको छ । बुधबार हनुमानढोका परिसरमा पूजाआजा गरी इन्द्रध्वजासहितको लिंगो (यःसिं) ठड्याइएसँगै जात्रा सुरु भएको हो ।

भक्तपुरको यसिगुँबाट तानेर हनुमानढोका पुर्‍याइएको यस्सिंलाई बिहान ७ः१५ बजेको साइतमा ठड्याइएको हो । यस्सिं ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजु पल्टन र पञ्चेबाजा समूहले मंगलधुनका साथ तोप पड्काएका थिए । 

इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । नेवार समुदायमा मनाइने यो जात्राको उद्गम थलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ । आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी यो पर्व मनाइन्छ । हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ ।

आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी मनाइन्छ । भदौ २८ गते नानिचा यात्रापछि हनुमानढोकामा ठड्याइएको यस्सिं ढाल्ने र टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस