काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो।
बैठकमा भीम बहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्द्धन गर्न आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाबाट सन्देश सहितको “नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यो विधेयकमा परेका शंसोधनलाई आजै निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने
कार्यसूची अघि नबढ्दै प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित