आजको मौसम : यि प्रदेशहरुमा भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

बुधबार, २२ भदौ २०७९, ०७ : ४०
आजको मौसम : यि प्रदेशहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । काठमाडौंमा बुधबार बिहानैदेखि वर्षा भएको छ । मंगलबार साँझदेखि नै वर्षा हुन थालेको काठमाडौंमा बिहान पनि यो क्रम जारी रहेको हो । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र  गण्डकी प्रदेशका थोरै स्थानमा हल्क देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले बुधबार दिउँसो  प्रदेश १,  बागमती प्रदेश  र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक दुई स्थानमा  वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस