कोरोना अपडेट : थप ३०० जनामा संक्रमण पुष्टि , १२४ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

मंगलबार, २१ भदौ २०७९, १६ : ४५
कोरोना अपडेट : थप ३०० जनामा संक्रमण पुष्टि ,  १२४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट १२३ जनामा गरी ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त भएका छन्  । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ४५७ पुगेको छ ।