मधेस प्रदेशका सभामुख सरोज यादवलाई पितृशोक

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, ११ : ५४
मधेस प्रदेशका सभामुख सरोज यादवलाई पितृशोक

काठमाडौं । मधेस प्रदेशका सभामुख सरोजकुमार यादवलाई पितृशोक परेको छ । सभामुख यादवका बुबा परमानन्दप्रसाद यादवको गएराति देहावसान भएको हो ।यादवको ८० वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । यादव मधुमेह रोगबाट पीडित थिए ।

सद्भावना पार्टीको स्थापनाकालदेखि नै उनी अनवरत गजेन्द्र नारायण सिंहसँग राजनीतिकरूपमा आवद्ध भई गाउँको मुखियासमेत बनेका थिए ।मधेस र मधेशीको अधिकारका लागि स्व।यादव सुरुदेखि नै गजेन्द्र पथमा चलिरहेका थिए । 

प्रतिक्रिया दिनुहोस