काठमाडौं–२ प्रदेश ‘क’ बाट दिनेशविक्रम शाहको नाम सिफारिस

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, ११ : ३४
काठमाडौं–२ प्रदेश ‘क’ बाट दिनेशविक्रम शाहको नाम सिफारिस

काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश ‘क’ बाट दिनेश विक्रम शाहको नाम सिफारिस भएको छ।काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ को समितिले प्रदेश ‘क’ मा नेता शाहको नाम सिफारिस गरेको हो।

नेपाल तरुण दल काठमाडौंका सचिव समेत रहेका शाहसँगै पूर्व महाधिवेशन प्रतिनिधि अर्जुन पराजुली, प्रदेश सभापति धुव्र केसी, वसन्त घिमिरे, विप्लव अधिकारी, शिला रिजा पराजुली, शिक्षित पराजुली र हिमाल घिमिरे सिफारिस भएका छन्।

त्यसैगरी प्रदेश सभाको समानुपातिकतर्फ अमृत कार्की, कृष्णबहादुर केसी, चन्द्रज्योति खतिवडा, छत्रबहादुर कार्की, दोर्णा खड्का, बैकुण्ठ केसी, राजकुमार लामा, शाकिर उद्दिन, शुशिला चाम्लिङ, सरोजा सापकोटा, सुना परियार र सुनिल गौतम सिफारिस भएका छन्।

प्रतिक्रिया दिनुहोस