हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, ११ : ३०
हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

काठमाडौं । बिना अक्सिजन मनास्लु हिमालको आरोहण गर्न लागेकी पूर्णिमा श्रेष्ठलाई नेपाल लाइफले सहयोग गर्ने भएको छ । जसअनुसार सन्दर्भमा आज कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ पेशाले फोटो पत्रकार हुन् । उनले सगरमाथासहित नेपालको ८००० मीटरभन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढिसकेकी छन् ।

श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामनागरे भने श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेकोे बताइन् ।

प्रतिक्रिया दिनुहोस