हात्तीको आक्रमणमा परी एक जनाकाे मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, २० : २३
हात्तीको आक्रमणमा परी एक जनाकाे मृत्यु

झापा । हात्तीको आक्रमणमा परी झापा बुद्धशान्ति गाउँपालिका–५ की ३४ वर्षीय कृष्णकुमारी श्रेष्ठको मृत्यु भएको छ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी श्रेष्ठको धुलबारीस्थित आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

शुक्रबार साँझ धुलाबारीबाट स्कुटरमा बुद्धशान्ति जाने क्रममा मंगलबारे चौक छेउमा हात्तीले उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस