नेपाली चलचित्रको परीक्षाको घडी चलिरहेको छ : अभिनेत्री शर्मा

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १० : ४७
नेपाली चलचित्रको परीक्षाको घडी चलिरहेको छ : अभिनेत्री शर्मा

काठमाडौं । अभिनेत्री आँचल शर्माले अहिले नेपाली चलचित्रको परीक्षाको घडी चलिरहेको बताएकी छन् । पछिल्लो समय कुनै पनि फिल्म नचलेकोले आँचलले यो परीक्षाको घडी भएको बताएकी हुन् । उनले झिँगेदाउ फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने पनि दाबी गरेकी छन् ।

‘परिवारसँगै बसेर फिल्म ‘झिँगेदाउ’ हेर्न अवसर पाएँ । मेरो लागि फिल्मको प्रदर्शन अनुभव निकै भाबुक बन्न पुग्यो’ उनले भनिन्, ‘चलचित्रले भावुक बनाउँछ नै । तर, त्यो भन्दा पनि अहिले चलचित्रका लागि परीक्षाको घडी चलिरहेकोले बेला चलचित्रको सकारात्मक प्रतिक्रियाले भावुक तुल्यायो ।’ उनले सबैलाई परिवार सहित फिल्म हेर्न अनुरोध समेत गरेकी छन् । 

‘झिँगेदाउ’ आज शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो । फिल्ममा आँचलको अलवा केकी अधिकारी, मुकुन भुषालको समेत मुख्य भूमिका छ । 

प्रतिक्रिया दिनुहोस