रुपन्देही-२ बाट गृहमन्त्री खाँणसहित ३ जना सिफारिस

सफल खबर संवाददाता

विहीबार, १६ भदौ २०७९, १३ : १५
रुपन्देही-२ बाट गृहमन्त्री खाँणसहित ३ जना सिफारिस

बुटवल । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-२ बाट सिफारिस भएका छन् । नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाँणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको हो ।

खाँण २०७४ को निर्वाचनमा रुपन्देही-३ बाट समानुपातिकमा बसेका थिए । रुपन्देही-२ मा २०७४ सहित त्यसअघिका तीनवटा संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जित्दै आएका छन् ।

कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले गृहमन्त्री खांण रुपन्देही ३ बाट पनि सिफारिस हुन सक्ने बताए । गिरी २०७४ को चुनावमा पौडेलसंग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस