नेताको आलोचना गरेको आरोपमा साउदीमा एक महिलालाई ४५ वर्षको जेल सजाय

एजेन्सी

विहीबार, १६ भदौ २०७९, १३ : १०
नेताको आलोचना गरेको आरोपमा साउदीमा एक महिलालाई ४५ वर्षको जेल सजाय

एजेन्सी । साउदी अरेबियाले सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ । विज्ञहरूका अनुसार साउदी अरबमा यो दोस्रो यस्तो घटना हो।

साउदी अरेबियाको एक आतंकवाद अदालतले नौरा बिन्त सईद अल-काहतानीलाई सामाजिक सञ्जाल पोस्टहरूमार्फत् सामाजिक पूर्वाधारमा खलल पार्ने प्रयास गरेको र सरकारी आदेशहरूको उल्लंघन गरेकोमा दोषी ठहर गरेको हो । 

रिपोर्टका अनुसार ती महिलाले साउदी अरेबियाका नेताहरूको आलोचना गरेकी थिइन् । तर, यो बाहेक उनको सोसल मिडिया पोष्टसँग सम्बन्धित कुनै पनि जानकारी अहिलेसम्म सेयर गरिएको छैन ।

यसअघि ९ अगस्टमा अर्की एक महिलालाई ट्वीटरमा गरेको गतिविधिमा ३४ वर्षको जेल सजाय सुनाइएको थियो । यी महिला लीड्स विश्वविद्यालयमा पीएचडी विद्यार्थी थिइन्। उनको नाम सलमा अल-शेहाब रहेको बताइएको छ।

उनी यसै वर्षको जनवरीमा साउदी अरबमा छुट्टी मनाउने क्रममा पक्राउ परेकी थिइन् । सलमा शाहाबलाई सरकारी आदेशको उल्लंघनलगायत अन्य कैयौं आरोपमा पनि दोषी ठहर गरिएको थियो।

यस विषयमा एक विज्ञले बीबीसी न्युज आवर कार्यक्रममा काहतानीमाथि लागेको आरोपको दायरा निकै ठूलो रहेको बताए । उनीहरुलाई आतंकवाद विरोधी र साइबर अपराध विरुद्धको कानुन अन्तर्गत कारबाही गरिएको छ । यी यस्ता कानुन हुन्, जसअन्तर्गत सरकारको आलोचनासँग सम्बन्धित पोष्टहरू टाढा-टाढासम्म पनि अपराध मान्न सकिन्छ।

गत वर्षदेखि सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा केही अन्य महिला कार्यकर्ता पनि पक्राउ परेका छन् । अब उनीहरुलाई पनि कडा सजाय हुने आशंका छ ।

प्रतिक्रिया दिनुहोस