पीएसजीले निकाल्यो सहज जित

एजेन्सी

विहीबार, १६ भदौ २०७९, ०८ : ५५
पीएसजीले निकाल्यो सहज जित

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले  टुलुजलाई ३–० गोल अन्तरले हराएको हो । टुलुजको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमार, केलियन एम्बाप्पे र जुआन बर्नाटले एक–एक गोल गरे ।

खेलको ३७औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ५०औं मिनेटमा एम्बाप्पेको गोलमा पीएसजीले अग्रता दोब्बर पार्यो । ९०औं मिनेटमा बर्नाटले गोल गर्दै पीएसजीलाई ३–० गोलको जित दिलाए ।

जितसँगै पीएसजीले लिगमा पाँच खेलबाट १३ अंक जोडेको छ । पीएसजी तालिकाको शीर्ष स्थानमा छ । परातिज टुलुज ५ अंक जोडेर १३ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस