काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने बताएका छन् । आफ्नो नामबाट कास्की क्षेत्र नम्बर १ मा आवेदन परेपछि महामन्त्री थापाले आफूले काठमाडौं क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने प्रस्टोक्ति दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कास्की क्षेत्र नम्बर १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद ! मैले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो ।’
आज दिउँसो कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ भदौ २०७९, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘आइटी छुट्टै क्षेत्र होइन, यसलाई सबैसँग जोडेर हेर्ने बेला आएको छ’: गगन थापा
आम मान्छेलाई सरकारसँग झोक चल्ने भनेकै लाइन बस्नु पर्दा हो : गगन थापा
सत्ता गठबन्धनको बैठकमा गगन थापा गएनन्
गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीश प्रधान र पाण्डेयको इजलासमा
'हामी तलमाथि गर्दैनौँ, तर सरकारले रिजल्ट दिनुपर्छ’: गगन थापा
विधेयक टुंग्याइरहेका बेला ट्रेड युनियनको आन्दोलन रोक्न आग्रह गर्छु: गगन थापा