काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको निर्वाचन लड्न आवेदन दिएका छन् । बुधबार थापाले कास्कीबाट निर्वाचन लड्न निवेदन दिएका हुन् ।
उनले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ८ को दफा ३० को उपदफा १ बमोजिम आवेदन दिएका हुन् । थापाले कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत निवेदन दर्ता गरेका हुन् ।
यसअघि काठमाडौं निर्वाचन क्षेत्रनम्बर ४ बाट चुनाव लड्दै आएका थापा यो पटक कास्कीबाट पनि उम्मेद्वार बन्न आवेदन दिएका हुन् । उनले बुधबार नै काठमाडौं–४ बाट पनि निर्वाचन लड्न आवेदन दिँदैछन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ भदौ २०७९, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा
‘हामी न झुक्छौँ, न झुकिन्छौँ’: गगन थापा