काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको निर्वाचन लड्न आवेदन दिएका छन् । बुधबार थापाले कास्कीबाट निर्वाचन लड्न निवेदन दिएका हुन् ।
उनले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ८ को दफा ३० को उपदफा १ बमोजिम आवेदन दिएका हुन् । थापाले कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत निवेदन दर्ता गरेका हुन् ।
यसअघि काठमाडौं निर्वाचन क्षेत्रनम्बर ४ बाट चुनाव लड्दै आएका थापा यो पटक कास्कीबाट पनि उम्मेद्वार बन्न आवेदन दिएका हुन् । उनले बुधबार नै काठमाडौं–४ बाट पनि निर्वाचन लड्न आवेदन दिँदैछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ भदौ २०७९, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड