गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात प्रतिबन्ध असोज २८ गतेसम्म थप गर्ने सरकारको निर्णय

सफल खबर संवाददाता

मंगलबार, १४ भदौ २०७९, १८ : ३२
गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात प्रतिबन्ध असोज २८ गतेसम्म थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ ।

सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ ।

उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

सरकारले १३ वैशाखको प्रतिबन्धलाई थप कसिलो बनाउँदै ३१ असारमा १४ भदौमा (४४ दिन ) सम्मका लागि प्रतिबन्ध थप गरेको थियो । यस बीचमा व्यवसायीहरुले महँगा मदिरा, महँगा गाडी, मोबाइल र १५० सीसी भन्दा माथिका मोटरसाइकलको आयात खुलाउन सकारलाई दबाव दिंदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस