प्राधिकरणले राख्यो चार्जिङ स्टेसन, एकै पटकमा ३ वटा सवारी चार्ज गर्न मिल्ने

सफल खबर संवाददाता

मंगलबार, १४ भदौ २०७९, १३ : ३६
प्राधिकरणले राख्यो चार्जिङ स्टेसन, एकै पटकमा ३ वटा सवारी चार्ज गर्न मिल्ने

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले एउटा चार्जिङ स्टेसन सन्चालनमा ल्यएको छ। मंगलबार प्राधिकरण प्राङ्गणमा बनाइएको चार्जिङ स्टेसनको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उद्घाटनपछि सन्चानमा आएको हो । 

चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले देशभर यस्ता ५१ वटा स्टेसन बनिरहेको र एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च लाग्ने बताए ।

प्राधिकरण प्राङ्गणमा सन्चालनमाल्याइएको चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँ हाराहारी पर्ने घिसिङको भनाई छ । उनले दिउसोको समयमा भन्दा रातिको समयमा चार्ज गर्दा कम मूल्य लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस