‘गडफादर’ सुटिङका लागि नेपाल आउँदै सलमान र चिरञ्जीवी

सफल खबर संवाददाता

मंगलबार, १४ भदौ २०७९, १२ : १६
‘गडफादर’ सुटिङका लागि नेपाल आउँदै सलमान र चिरञ्जीवी

एजेन्सी । दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खानको अभिनय रहने फिल्म  ‘गडफादर’को सुटिङ नेपालमा हुने भएको छ । फिल्म युनिटका एक सदस्य राजेन्द्र घिमिरेले फिल्मको छायांकन जोमसोम आसपासका स्थानमा हुने जानकारी दिए । घिमिरे नेपाली मुलका हुन् ।

फिल्ममा चिरञ्जीवीको मुख्य भुमिका रहने छ, भने सलमान खानले उनको भाइको भूमिकामा अभिनय गर्नेछन् । फिल्ममा नयनताराको पनि मुख्य भुमिका रहनेछ । 

घिमिरेका अनुसार चिरञ्जीवी, सलमान र नयनतारा सहित फिल्म युनिट आगामी सेप्टेम्बरमा नेपाल आउनेछन् । फिल्मको निर्माण टिमको एक टोली नेपाल आएर केही पहिले सुटिङ गर्न चाहेको जोमसोम क्षेत्रको अवलोकन गरिसकेको छ । टिममा घिमिरे समेत रहेका थिए ।

घिमिरे ‘गडफादर’ का लाइन प्रोडुसर  समेत हुन् ।  फिल्मका लागि चिरञ्जीवी र सलमान दुवै एकै समय नेपाल आउने घिमिरेले जनाकारी दिए । केही अगाडि चिरञ्जीवीको जन्मदिन पारेर ‘गडफादर’ को टिजर समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस