कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

मंगलबार, १४ भदौ २०७९, ०८ : ०८
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । आजको दिन विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा ह ल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

 यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  देशका पहाडी भूभागका  केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ ।

यस्तै राति प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस