कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, १५ : २८
कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेका छन् । जातीय टिप्पणी गरेको आरोपमा प्रहरीले आइतबार सिंहलाई पक्राउ गरेको हो । उनलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको छ । 

सिंहमाथि स्ट्यान्डअप कमेडीमार्फत् नेवा समुदायमाथि जातीय टिप्पणी गरेको आरोप छ । उनीविरुद्ध शनिबार नेवा समुदायका अभियन्ताहरूले परिसर टेकु पुगेर सिंहविरूद्ध जाहेरी दिएका थिए । 

सिंहकाे स्ट्यान्डअपको भिडिओ कमेडी क्याफेको युट्युब च्यानलमार्फत् ‘नेवारको परम्परा’ शीर्षकमा हालिएको थियो। सिंहले हाँस्यव्यंग्य गर्दा नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको आरोप छ।

तर, सिंहले भने उक्त भिडिओ युट्यूवबाट हटाइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस