प्रवासमा पनि तीजको रौनक सुरु

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, १२ : ०३
प्रवासमा पनि तीजको रौनक सुरु

पोर्चुगल  । स्वदेशसँगै प्रवासमा पनि हिन्दू महिलाको प्रमुख चार्ड तीजको रौनक सुरु भएको छ। रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि प्रवासमा बस्दै आएका महिला दिदी बहिनीहरु सङ संस्थाहरुले आफ्नो समय अनुकूल तीज मनाउने गरेका छन् । तीज नजिकिए सँगै युरोपियन मुलुक पोर्चुगलमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।

परम्परा बचाउ,बिकृती हटाउ’ भन्ने नारा सहित नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर २४ अगस्ट  बुधबार, चितवन समाज पोर्चुगलले राष्ट्रिय कलाकार भगवान  भण्डारी,देबिका के सि,जेबि ओलिको साथमा पुरस्कार राशी सहितको तिज गीत प्रतियोगिता एबम् साँस्कृतिक कार्यकम ‘ओक मुन्दो रेष्टुरेन्टु लिस्वोनमा सम्पन्न गरेको छ ।

बुधबार ओक मुन्दो रेष्टुरेन्टमा‘ सम्पन्न भएको कार्यक्रममा  प्रमुख अतिथि महा वाणिज्य दुत मकर हमालको हातबाट पानसमा बत्ती बालेर कार्यक्रम सुरु भएको थियो । तीज गित प्रतियोगितामा स्यांङजा  समाज  पोर्तुगल, महिला  समाज  पोर्तुगल , नारि  समाज  पोर्तुगल , बागलुङ समाज पोर्चुगल लगायतले सहभागीता जनाएका थिए । 

भगवान भण्डारी र देबिका के सी निर्णायक रहेको प्रतियोगितामा स्याङ्जा समाज पोर्तुगल पहिलो,बागलुङ समाज पोर्चुगल दोस्रो  र  एन आई एलपी सिलाई समुहले  तेस्रो  स्थान प्राप्त गरि क्रमश ३५०, २५०, १५० धनराशि पुरस्कारको भागीदार भएका थिए ।

कोरोना कहरले गर्दा २ वर्षसम्म खुला रूपमा हुन नसकेको तीज साँस्कृतिक कार्यक्रम यो बर्ष भने भव्य तयारीका साथ भएको कुरा समाजका अध्यक्ष अर्यालले जानकारी दिए ।

कार्यक्रममा पोर्तुगलमा मात्र नभइ युरोपमा पहिलो पटक तिज गित प्रतियोगिता एबंम सास्कृतिक कार्यकम गरेर तीज मनाउने शुरूवात चितवन समाज पोर्चुगलले गरेको उपध्यक्ष सम्झना अधिकारीले बताइन् । (पोर्चुगलबाट अमृत मरहट्ठाको सहयोगमा )

प्रतिक्रिया दिनुहोस