‘लाइगर’ ले कमायो दुई दिनमा ४३ करोड मात्र

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, ११ : ४७
‘लाइगर’ ले कमायो दुई दिनमा ४३ करोड मात्र

एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा र भारतीय अभिनेत्री अनन्या पाण्डे अभिनित फिल्म ‘लाइगर’ ले राम्रो प्रर्दशन गर्न सकेको छैन् । यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको थियो तर ‘लाइगर’ ले अहिलेसम्म पर्दामा खासै जादू देखाउन सकेको छैन । दोस्रो दिनको कुरा गर्दा हिन्दीमा फिल्मले राम्रो प्रतिक्रिया पाएको छ भने मातृभाषामा भने ‘लाइगर’ को कलेक्शनमा ५० प्रतिशतले गिरावट आएको छ ।

फिल्मले पहिलो दिन ३३.१२ करोड कमाएको थियो भने दोस्रो दिन ‘लाइगर’ को समग्र कलेक्सन १०.६ करोड रहेको थियो । विदेशमा भने यो फिल्मले हालसम्म १ करोड रुपैयाँसम्म मात्र कमाएको निर्माण पक्षले जानकारी दिएको छ ।

फिल्म ‘लाइगर’ को कुल बजेट १ सय २५ करोड छ, जुन विजयको करियरकै सबैभन्दा ठूलो बजेटको फिल्म हो । यस्तो अवस्थामा फिल्म निर्माताले ‘लाइगर’ बाट धेरै आश गरिएको थियो ।

फिल्मले २ दिनमा ४३ करोडको कुल कलेक्सन गरेको छ, यस्तो अवस्थामा फिल्मले लागत पनि उठाउन नसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस