पाकिस्तानमा राष्ट्रिय आपतकाल घोषणा

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १५ : १७
पाकिस्तानमा राष्ट्रिय आपतकाल घोषणा

 काठमाडौं । पाकिस्तानले विनाशकारी  बाढीलाई ‘राष्ट्रिय आपतकाल’ घोषणा गरेको छ। लगातारको वर्षाका कारण आएको बाढीका कारण करिब एक हजार मानिसको ज्यान जानुका साथै तीन लाखभन्दा बढी विस्थापित भएका छन्।

बाढीका कारण ठूलोमात्रामा जनधनको क्षति भएपछि सरकारले आपतकाल घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्पाकिस्तानमा गएको जुन मध्ययता बाढीका कारण कम्तीमा ९३७ जनाको मृत्यु भएको छ। त्यसमा ३४३ जना बालबालिकासमेत रहेको पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बाढीका कारण सबैभन्दा बढी दक्षिणपश्चिमी बलुचिस्तान प्रान्त प्रभावित भएको छ। त्यहाँ सन् २०१० मा गएको विनाशकारी बाढीजस्तै अहिलेको अवस्था बनेको छ।

यो वर्षको बाढीका कारण पाकिस्तानमा १३ सय ४३ जना घाइते भएका छन्। ३१ किलोमिटर बाटो क्षतिग्रस्त भएको र १४५ पुल भत्किएको पाकिस्तानको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। सर्वसाधारणका पाँच लाख ८१ हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।

बाढीका कारण मृत्यु हुनेमध्ये आधाभन्दा बढी बलुचिस्तान र सिन्ध प्रान्तका रहेका छन्। जलवायु परिवर्तनका कारण मौसमी विपदलाई झन् सघन बनाएको विज्ञहरूले बताएका छन्। पाकिस्तानमा हालका बाढीहरू जलवायुजन्य विपद रहेको उनीहरूले जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस