फ्रान्समा भएको अल्ट्रा दौडमा नेपाली सुनमाया दोस्रो

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १३ : ५१
फ्रान्समा भएको अल्ट्रा दौडमा नेपाली सुनमाया दोस्रो

काठमाडौं । विश्वकै प्रतिष्ठित अल्ट्रा दौड मोन्ट ब्लांक (यूटिएमबी) को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छन् ।द नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले गएराति आयोजित प्रतियोगितामा मोन्ट ब्लांक क्षेत्रको कोर्ष रेकर्ड तोड्दै ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी हुन् ।

उनी फ्रान्सकै ब्लेन्डिन हिरोन्डेलसँग पछि परिन् । गतवर्ष यूटिएमबी थाइल्याण्डमा पहिलो भएपछि सुनमाया विश्व च्याम्पियनसिपको मान्यता पाएको यो प्रतियोगितामा छनोट भएकी हुन्।२०१७ मा पनि मोन्ट ब्लांक ८० किमि दौडडमा सहभागिता जनाएकी सुनमाया त्यतिबेला सातौं भएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस