नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया खुला

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १२ : २३
नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौं । नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल टी–ट्वान्टी लिगका लागि खेलाडी दर्ताको प्रक्रिया सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज शनिबारदेखि प्रतियोगिताका लागि खेलाडीको दर्ता प्रक्रिया खुल्ला गरेको हो ।

क्यानले भदौ १५ गतेसम्म खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्ने जनाएको छ । क्यानले प्रतियोगिताका लागि खेलाडी छनोट ‘ड्राफ्ट’ बाट गरिने क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

क्यानले खेलाडी दर्ताका लागि मापदण्डसमेत तोकेको छ । खेलाडीले राष्ट्रिय खेलकुद, पीएम कप, मेयर कपमा नियमित रूपमा भाग लिएको र २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनु पर्नेछ ।

२०१८ देखि यता उमेर समूहको क्रिकेट खेलेको नेपाली खेलाडीले पनि दर्ताका लागि आवदेन दिन पाउने छन् । एउटा टिममा १६ जनासम्म खेलाडी राख्न पाइने छ भने जसमा ११ जना नेपाली खेलाडी हुने पर्ने छ । हरेक टोलीले ५ जना विदेशी खेलाडी भित्र्याउन सक्नेछ ।

पहिलो संस्करणको प्रतियोगिता आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म संचालन हुनेछ । क्यानले प्रतियोगितामा विभिन्न ६ शहरका ६ टोलीको सहभागीता रहने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस