काठमाडौं । आजबाट एसियाकप टी-२० क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। युएईको दुबईमा सुरु हुने प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानको सामना गर्दै छ। समूह ‘बी’ अन्तर्गत हुने पहिलो खेल साँझ ७:४५ मा सुरु हुने छ।
हरेक चार वर्षमा आयोजना हुने प्रतियोगिता दोस्रो पटक टी-२० फर्म्याटमा आयोजना हुन लागेको हो। यसअघि २०१६ मा टी-२० विश्वकपलाई ध्यानमा राख्दै पहिलो पटक एसियाकप टी-२० फर्म्याटमा गरिएको थियो।
यो वर्ष पनि अस्ट्रेलियामा हुने टी-२० विश्वकपलाई ध्यानमा राख्दै एसियाकप टी-२० फर्म्याटमा गर्न लागिएको हो। प्रतियोगितामा कुल ६ टिमलाई २ समूहमा विभाजन गरेर खेलाउन लागिएको छ। समूह १ मा भारत, पाकिस्तान र हङकङ रहँदा समूह २ मा श्रीलंका, अफगानिस्तान र बंगलादेश रहेका छन्।
श्रीलंकाले पछिल्ला पाँच खेलमा १ मा मात्र जित निकाल्दा पछिल्ला ४ खेलमा लगातार पराजित भएको छ। अफगानिस्तानले भने पाँच मध्ये दुई खेलमा जित र तीनमा हार भोगेको छ।
तर यी दुई टिमबीच भने एक अर्काविरुद्ध केवल एकपटक मात्र प्रतिस्पर्धा भएको छ। २०१६ को एसियाकपमा भएको प्रतिस्पर्धामा श्रीलंकाले जित निकालेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ भदौ २०७९, ११ : ५५
लेखकबाट थप