काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको बताएका छन् ।
शुक्रबार पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रसँग तालमेल गरेका कारण खुलाएका हुन् । उनले आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा रहेको र माओवादी केन्द्र पनि सोही पक्षमा रहेकाले आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल गरिएको बताए ।
उनले अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै नोट अफ डिसेन्ट लेखेको पनि उल्लेख गरे । अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्बिरोध रहेको स्पष्ट पारे । उनले आफूहरु राम्रो काम गर्ने र गलत तत्वहरुलाई साथ दिनु नहुने पक्षमा रहेको भन्दै यस सम्बन्धमा माओवादी केन्द्रसँग कुरा नमिलेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलिङ पिरियडमा जालसाझी विश्वकै लाजमर्दो राजनीतिक ठगी : बाबुराम भट्टराई
नयाँ शक्तिहरू किन अलमलमा पर्यो विमर्ष गर्ने धेरै पाटा छन्: बाबुराम भट्टराई
‘बुढीगण्डकी आयोजनाको हत्या, राष्ट्रघाती निर्णय’ : बाबुराम भट्टराई
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
दिल्लीमा बाबुरामलाई भाजपा नेताको प्रश्न : 'नेपालमा राजतन्त्र फर्किन लागेको हो ?'
जनताको समृद्धिको सपना पूरा हुनेछ : अध्यक्ष भट्टराई