काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा निर्वाचनको माहोल सुरु भइसकेको बताएका छन् ।
नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २७ औँ स्मृति दिवसको अवसरमा शोभा भगवतीमा शुक्रबार बिहान आयोजित माल्यार्पण कार्यक्रममा सिंहले हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न भएको विगत साक्षी रहेको बताए ।
उनले आगामी निर्वाचन पनि कांग्रेसकै नेतृत्वको सरकारले गर्न लागेकाले कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष हुन्छ भन्ने मान्यतामा समेत रहेको बताए । यसअघिको केपी ओली सरकारले आवश्यक ऐन कानुन नबनाई दिएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनु पर्ने र आन्दोलन गर्नुपर्ने परिस्थिति बनेको उनले आरोप लगाए । अब निर्वाचनपछि यी सबै समस्याको समाधान हुने बताए ।
पछिल्ला राजनीतिक घटनाक्रमबारे सबै जानकार रहेको भन्दै मुलुकको पछिल्लो घटनाक्रमबाट हुन सक्ने राजनीतिक दुर्घटना रोक्न हालको अस्थायी अरेजमेनट स्वरुप कांग्रेस नेतृत्वको वर्तमान सरकार गठन भएको उनको भनाइ छ । अब सरकार र राजनीति दलहरु सबैको ध्यान भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउन तर्फ लाग्नु पर्ने समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह