टी-२० अन्तर्राष्ट्रिय शृंखला : नेपालको पहिलो जित

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १९ : ५१
टी-२० अन्तर्राष्ट्रिय शृंखला : नेपालको पहिलो जित

काठमाडौं । पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टोली केन्याविरुद्ध जित निकालेको छ । जिमखाना क्रिकेट मैदानमा भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।  नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । यस्तै आरिफ शेखले अविजित २४ रन जोडे । 

ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए । रोहित पौडेल १३ रनमा आउट हुँदा पवन सर्राफ १ रनमा आउट भए । आदील अन्सारी २ रनमा अविजित रहे ।

केन्याका लुकास ओलुओच र भिराज पटेलले २/२ विकेट लिए । नेहिमिहाले १ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको थियो । 

केन्याका लागि दुवै ओपर सस्तैमा आउट भएका छन् । ओपनरद्वय एलेक्स ओबान्डा र कोलिन्स ओबुयाले क्रमश: ६ र १२ रन जोडे । विकेटकिपर इरफान करिमले ३४ रन बनाउँदा राकेप पटेलले ९, नेल्सन ओधियाम्बोले १९, सचिन भुडियाले १७, लुकास ओलुओचले ३०, नेहेम्याह ओधियाम्बोले १ रन बनाए । शेम न्गोचे डक आउट भए । 

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस