ट्राफिक प्रहरीको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ, ४ जना विद्यार्थी सहित ४१८ जना कारवाहीमा

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १६ : ३८
ट्राफिक प्रहरीको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ, ४ जना विद्यार्थी सहित ४१८ जना कारवाहीमा

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ अभियान अन्तरगत आज ४ सय १८ जना चालकहरू कारवाहीमा परेका छन् । 

जसअन्तर्गत ट्राफिक नियम उल्लघन गर्ने ४४ जना विद्यार्थी चालकहरु कारवाहीमा परेका छन् ।  जसमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने १६ जना, कागजपत्र साथमा नराखी सवारी सवारी साधन चलाउने १८ जना, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ जना, तिब्र गतिमा सवारी साधन चलाउने १ जना र अन्य कसुरमा ६ जना विद्यार्थी चालकहरू कारवाहीमा परेका हुन् ।

सोही चेकिङकै क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य सवारी साधनका ३ सय ७४ जना चालकहरु पनि कारबाहीमा परेका छन् । जसमा बिहानै मादक पदार्थ सेवन गरी सवारी चलाउने ८ जना चालक रहेका छन  । जसमध्ये  ख्वप बहुप्राविधिक अध्ययन संस्थान भक्तपुरको बा १ क ५४२८  नम्बरको  बसका चालक १ जना समेत रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।

प्रतिक्रिया दिनुहोस