नेपालले केन्याविरुद्ध बलिङ गर्दै

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १५ : ५९
नेपालले केन्याविरुद्ध बलिङ गर्दै

काठमाडौं । नेपालले केन्यासँगको पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । जिमखाना क्लब मैदानमा हुन लागेको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । 

टी-२० क्रिकेटमा नेपाल र केन्या झण्डै एक दशकपछि पहिलो पटक खेल्न लागेका हुन् । यसअघिको दुई भेटमा नेपालले केन्यालाई सहजै पराजित गरेकाे थियाे । सन् २०१३ मा युएईमा भएको टी-२० विश्वकप क्वालिफायर र सन् २०१८ मा एकदिवशीयमा नेपाल विजयी भएकाे थियाे । 

नेपालले केन्यामा पाँच टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवशीय खेल खेल्ने तालिका छ । दोस्रो टी-ट्वान्टी भदौ १० गते , तेस्रो टी-ट्वान्टी भदौ १२ गते, चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ भने  एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ  ।

प्रतिक्रिया दिनुहोस