रेन्जर्स र डिनामो जागरेभ च्याम्पियन्स लिगमा छनोट

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, ११ : ५१
रेन्जर्स र डिनामो जागरेभ च्याम्पियन्स लिगमा छनोट

काठमाडौं । एन्टोनियो कोलाकको निर्णायक गोलमा रेन्जर्सले पिएसभीमाथि ३-२ को जितसहित च्याम्पियन्स लिगको समूह चरणमा पुनरागमन स्थान बनाएको छ ।

बुधबार सम्पन्न दोस्रो लेगमा रेन्जर्सले पिएसभीलाई १-० ले हरायो । रेन्जर्सका लागि ६०औँ मिनेटमा कोलाकले गरेको गोल पिएसभीलाई हराउन पर्याप्त बन्यो ।गत साता सम्पन्न पहिलो लेगको खेल २-२ को बराबरीमा सकिएको थियो ।

आज हुने ड्र ले रेन्जर्सको समूह चरण प्रतिद्धन्द्धीको टुंगो लाग्नेछ । पिएसभीले भने युरोपा लिगमा प्रतिस्पर्धा गर्नेछ । युरोपा लिगको ड्र भने शुक्रबार सार्वजनिक हुनेछत्यस्तै डिनामो जागरेभले बुधबार दोस्रो लेगमा बोडोईमाथि ४-१ को जितसहित च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको छ

पहिलो लेगमा १-० ले पराजित भएको जागरेभले दोस्रो लेगमा पुनरागमन गरेको हो । चौथौ र ३५औँ मिनमेटमा क्रमशः मिस्लाभ ओर्सिच र ब्रुनो पेट्कोभिचले गरेको गोलमा जागरेभले २-० को अग्रता लिएको थियो । समग्रमा भने जागरेभले २-१ को अग्रता बनाएको थियो ।

७०औँ मिनेटमा बोडोईका ग्रोनबेकले गरेको गोलमा खेल समग्रमा २-२ को बराबरीमा पुगेको थियो ।अतिरिक्त समयको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै जागरेभले च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको हो ।जागरेभका लागि जोसिप द्रिमिच र पिटरले एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस