भरतपुरका प्रशासकीय अधिकृतसहित २४ सहसचिवको सरुवा, को कहाँ?

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, २० : ३५
भरतपुरका प्रशासकीय अधिकृतसहित २४ सहसचिवको सरुवा, को कहाँ?

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ। आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो।

यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा भएको छ। भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ। भरतपुरमा नारायणप्रसाद सापकोटालाई पठाइएको छ।