पदमपुर । कालिका नगरपालिका वडा नं. ३ पदमपुरमा आजबाट खानेपानी, पूर्णसरसफाई, वातावरणमैत्री एवम् फोहोर व्यवस्थापन सम्बन्धी दुुई दिने तालिम शुरु भएको छ । कालिका नगरपालिका र वडा नं. ३ को आयोजना र लेट्स डु इट नेपालको समन्वयमा सो कार्यक्रम भएको हो ।
वडा नं. ३ का वडा अध्यक्ष टिकाराज रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षकहरु बीरेन्द्र पौडेल, दुर्गा आचार्य, सुवास घिमिरे, यमनाथ आचार्य लगायतले सहजीकरण गर्नेछन् । कार्यक्रम उद्घाटनको अवसरमा प्रशिक्षक बीरेन्द्र पौडेल, पत्रकार शिशिर सिंखडा, स्थानीय समाजसेवी दिवश पाण्डे, लेट्स डु इट नेपालका अध्यक्ष दुर्गा आचार्य, सचिव सुरेश दुवाडी, उपाध्यक्ष निर्मल थापा, सदस्य दिपक चापागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस