दुइटै सदनबाट पारित भएर पठाइएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी फिर्ता पठाएकोप्रति प्रश्न–सांसद संग्रौला

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १४ : ०५
दुइटै सदनबाट पारित भएर पठाइएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी फिर्ता पठाएकोप्रति प्रश्न–सांसद संग्रौला

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले दुइटै सदनबाट पारित भएर पठाइएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी फिर्ता पठाएकोप्रति प्रश्न उठाएकी छन्। 

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रमाणीकरण गर्नुपर्ने विधेयक फेरि संसद्‌मै फिर्ता पठाउनु दुखद् भएको बताइन्। उनले राष्ट्रपतिले विधेयक फिर्ता पठाउँदा कुन दफा परिवर्तन गर्नुपर्ने भन्ने कुरा उल्लेख नगरेको भन्दै प्रश्न गरिन्। 

उनले भनिन्, ‘दुवै सदनबाट पारित गरिएको विधेयक फिर्ता पठाइनु हुँदैनथ्यो। सार्वभौम संसद्ले पारित गरेको विधेयक प्रमाणीकरण गरेर कानुनको रुप दिनु राष्ट्रपतिको संवैधानिक कर्तव्य हैन र? किन फिर्ता पठाउनु भयो?’

उनले केपी शर्मा ओलीले संसद् विघटन गरेर नागरिकतासम्बन्धी अध्यादेश ल्याउँदा तत्कालै प्रमाणीकरण गरेको तर संसद्को बहुमतले पारित विधेयकलाई फिर्ता पठाएको भन्दै राष्ट्रपतिको कार्यशैलीप्रति प्रश्न उठाइन्। 

प्रतिक्रिया दिनुहोस