ताइवानले गर्‍यो अत्याधुनिक लडाकु जेट प्रदर्शन

एजेन्सी

विहीबार, ०२ भदौ २०७९, १३ : ३१
ताइवानले गर्‍यो अत्याधुनिक लडाकु जेट प्रदर्शन

एजेन्सी । ताइवानले बुधवार आफ्नो सबैभन्दा उन्नत लडाकु जेट प्रदर्शन गरेको छ । चीनले ताइपेइको आकाशमा सैन्य अभ्यास गरिरहेका बेला ताइवानले मिसाइलयुक्त एफ–१६ भी  प्रदर्शन गरेको हो । 

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि बेइजिङले यस महिना ताइवान स्ट्रेटमा हवाई र समुद्री अभ्यास गरेको थियो ।ताइपेईले चीनको आक्रमणको प्रतिरक्षा गर्न आफ्नै अभ्यास गरेको छ । बुधबार वायुसेनाका कर्मचारीहरूले पूर्वी हुवालिन काउन्टीको एयरबेसमा ‘लडाइँको तयारी’ अभ्यासमा अमेरिकामा निर्मित एन्टी–सिप मिसाइलको साथ एफ–१६ भी लडाकु विमान प्रदर्शन गरेका छन् ।

‘चिनियाँ कम्युनिष्ट सेनाको हालैको सैन्य अभ्यासको खतराको सामना गर्दै हामी राष्ट्रिय सुरक्षा सुनिश्चित र जुनसुकै बेला तालिमको अवधारणा स्थापित गर्दै सतर्क रह्यौं,’ ताइवानको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । 

प्रतिक्रिया दिनुहोस