काठमाडाैँ महानगरकाे फाेहाेर उठाउनकाे लागि विभिन्न पेशा तथा व्यावसायिक क्षेत्रबाट सहयाेग सुरु

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १३ : १९
काठमाडाैँ महानगरकाे फाेहाेर उठाउनकाे लागि विभिन्न पेशा तथा व्यावसायिक क्षेत्रबाट सहयाेग सुरु

काठमाडौँ ।  अवराेधका कारण ढुवानीमा समस्या भएकाे काठमाडाैँ महानगरकाे फाेहाेर उठाउनकाे लागि विभिन्न पेशा तथा व्यावसायिक क्षेत्रबाट सहयाेग सुरु हुन थालेकाे छ।

स्वतन्त्र उम्मेदवारी दिएर काठमाडाैँ महानगरपालिकाकाे मेयर पदमा भारी मतका साथ विजयी भएका मेयर बालेन शाहलाई नेपाल ट्रिपर तथा ट्रक व्यावसायी समितिले फाेहाेर व्यवस्थापनमा सहगाेग गर्ने भएकाे हाे।फाेहाेर व्यवस्थापनमा सहयाेगका लागि समितिका १८ वटा ट्रिपर फोहोर बोकेर ल्याण्डफिल साइटतर्फ गएका छन्।

समितिले उपलब्ध गराएका ट्रिपरलाई महानगरले हरेक ट्रिपका लागि २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको १ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने काठमाडाैँ महानगरपालिकाले जनाएकाे छ।यता, समानान्तर निर्माण सेवाले पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा टिप्पर उपलब्ध गराएको छ। यी टिप्पर पनि आज बिहानै फोहोर बोकेर ल्याण्डफिल साइट गएका छन्।

महानगरले आफूसँग भएका १२ वटा कन्टेनरमा ट्रान्सफर स्टेसनको फोहोर उठाएको छ। यसरी आज बिहान ट्रान्सफर स्टेसनबाट ६० टिप्पर फोहोर ढुवानी भएको छ।

फोहोर व्यवस्थापनका लागि अवरोध गर्ने शृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै महानगरका मेयर शाहले, फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिएको बताए।

‘लामो समयसम्मको अवरोधका कारण थुप्रिएको फोहोर उठाउनु पर्ने पहिलो दायित्व भएकोले योजना कार्यान्वयनमा केही समस्या भएको छ। तर, लक्ष्यमा म अडिग छु’, उनले भने।लामाे समयदेखि जम्मा भएकाे फाेहाेर उठाएर बञ्चरेडाडाँ ल्याण्डफिल साइट लैजाँदा स्थानीयकाे अवराेधका कारण फाेहाेरकाे कुरा झनै गिजाेलिएकाे थियाे।

प्रतिक्रिया दिनुहोस