काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका पदाधिकारीको आज बिहान टुंगो लगाउने भएको छ। पार्टीका बुधबार बसेको स्थायी समिति बैठकले बिहीबार पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महाराले जानकारी दिए।
बुधबार बसेको बैठकमा केन्द्रीय समितिमा थप्नुपर्ने, पोलिटब्यूरोमा थप्नुपर्ने र स्थायी समितिमा थप्नुपर्ने सदस्य तथा पदाधीकारी टुंग्याउने विषयमा विस्तृत छलफल गरेको महराले बताए। ‘केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिमा थप्नुपर्ने सदस्यहरूको टुंगो लगाउने र पदाधिकारी चयन गर्ने कुरा करिब टुंगोमा पुगेको छ। विहीबार बिहान आठ बजे बस्ने यसको अन्तिम टुंगो लगाउने छ,’ प्रवक्ता महराले भने।
पार्टीको आठौँ महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारीको टुंगो लगाउन नसकेको माओवादी केन्द्रले गत असार तेस्रो साता बसेको केन्द्रीय समिति बैठकमार्फत पदाधिकारी टुंग्याउने जनाएको थियो।
पदाधिकारी चयन गर्ने समयमा महासचिवका दाबेदार समेत ठानिएका अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत रूपमा विचौलिया प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेपछि उनीमाथि बिचौलिया प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेपछि उनीमाथि संसदीय छानबिन सुरु भएकाले तत्काल पदाधिकारीको टुंगो लगाउने निर्णय टरेको थियो। महासचिवका दाबेदारमध्य शर्मा छानबिनपछि पुनः अर्थमन्त्रीको जिम्मेवारीमा फर्किएका कारण महासचिवका अर्का दाबेदार पुनको सम्भावना बढेको नेताहरू बताउँछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै