बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने एक स्थानीय पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १५ : ४१
बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने एक स्थानीय पक्राउ

काठमाडौं । बञ्चरेडाँडामा काठमाडौं महानरपालिकाको फोहोर लिएर गएका गाडीलाई अवरोध गर्ने प्रयास गरिएको छ ।फोहोर फाल्न अवरोध गर्ने एक जनालाई प्रहरीले नियन्त्रण गरेको छ । प्रहरीले फोहोर फाल्न अवरोध गरेको भन्दै बञ्चरेडाँडाबाट प्रहरीले एक जना स्थानीयलाई नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार फोहोर फाल्न अवरोध खडा गर्ने प्रयास गरेपछि स्थानीय एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।सशस्त्र प्रहरी पनि खटाएर फोहोरका गाडी बञ्चरेडाँडामा पुर्याइँदै छ । बञ्चरेडाँडामा काठमाडौं, नुवाकोट, धादिङ प्रहरी र सशस्त्र प्रहरी गरी तीन सयको हाराहारीमा सुरक्षाकर्मी खटिएका छन् ।

त्यस्तै, मंगलबार पनि फोहोर फाल्न स्थानीय अवरोध गरेका थिए । सोही क्रममा स्थानीयले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको थियो । भिडलाई तितरबितर पार्नका लागि प्रहरीले केही राउन्ड अश्रुग्यास पनि प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस