काठमाडौं । नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ।
मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टराई र गौतम दुबैलाई संघीय निर्वाचनमा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो ।
माओवादी केन्द्रका आमन्त्रित स्थायी समिति पेशल खतिवडाका अनुसार भट्टराईलाई चुनाव चिह्न प्रयोग गरेर निर्वाचन लडेर दिने औपचारिक निर्णय भएको छ। तर, वामदेवको हकमा चुनाव चिह्न दिएपनि कहाँबाट लड्ने भन्नेबारे चाहिँ गठबन्धनमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै