माओवादी स्थायी कमिटी बैठक बस्दैं, यी विषयमा छलफल केन्द्रित

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, ०७ : ४४
माओवादी स्थायी कमिटी बैठक बस्दैं, यी विषयमा छलफल केन्द्रित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ ।  बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । 

बैठकमा संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । यस्तै बैठकमा डा बाबुराम भट्टराईको पार्टीले चुनाव चिह्न र एउटै घोषणापत्रमा चुनाव लड्ने प्रस्तावबारे पनि छलफल हुने बताइएको छ ।

भट्टराई माओवादीको चुनाव चिह्नबाट लड्ने प्रस्ताव बैठकले अनुमोदन गरे सोहीअनुसार निर्वाचन आयोगमा जाने नेताहरुको तयारी छ । यस्तै नागरिकता विधेयकलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ । सोमबार नै स्थायी कमिटी बैठक बस्ने भनिएपनि बैठक मंगलबारका लागि सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस