माओवादी केन्द्रको स्थायी समिति बैठक भोलिको लागि सारियो

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, १५ : ०१
माओवादी केन्द्रको स्थायी समिति बैठक भोलिको लागि सारियो

 काठमाडौं ।  नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलिको लागि सारिएको छ। आगामी निर्वाचनलाई केन्द्रित गरेर बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै भोलिको लागि सारिएको हो। बैठक मंगलबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए। 

एउटै चुनाव चिह्न र घोषणापत्रबाट लड्ने डा. बाबुराम भट्टराईसँगको सहमति र आगामी रणनीतिबारे पनि छलफल हुने बुझिएको छ। यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा फिर्ता पछि मौन रहेको माओवादीको बैठकमा थप छलफल गर्नेछ। 

 

प्रतिक्रिया दिनुहोस