नागरिकता विधेयक संसदबाट बहुमतको बलमा पास गर्ने विधेयक होइनः झलनाथ खनाल

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, १४ : ५२
नागरिकता विधेयक संसदबाट बहुमतको बलमा पास गर्ने विधेयक होइनः झलनाथ खनाल

 काठमाडौं । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयक संसदबाट बहुमतको बलमा पास गर्ने विधेयक नभएको बताएका छन्।

सरकारकै साझेदार दलका शीर्ष नेता खनालले नागरिकता विधेयकका विषयमा राष्ट्रिय सहमति आवश्यक हुने बताएका हुन्।उनले अन्य विधेयकजस्तो नागरिकता विधेयक सामान्य नभएको बताए।नागरिक विधेयकलाई सामान्य रूपमा लिइए नेपाल जनसंख्याको अतिक्रमणमा पर्ने जोखिमा पर्ने एकीकृत समाजवादी पार्टीका नेता खनालको भनाइ थियो।

इलाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले संसदमा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न नहुने बताए ।उनले भने, ‘राष्ट्रपतिले सुझावका बारेमा के भन्नुभएको छ भन्ने कुरा अध्ययन नगरी  भन्न सक्दिन। तर यो सामान्य विषय होइन। नागरिकता विधेयक बहुमतका बलमा पास गर्ने विषय होइन।’

राष्ट्रिय मुद्दामा सबै दलको साझा धारणा हुनु पर्ने उनले बताए।उनले राष्ट्रिय सहमतिबिना बिभिन्न ढंगबाट विधेयक पास गराउने काम नगर्न दलहरूलाई सुझावसमेत दिए ।

प्रतिक्रिया दिनुहोस