निर्वाचनमा तालमेलको लागि गठबन्धनका दलसँग छलफल भएकाे छ : सुवासचन्द्र नेम्वाङ

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, १४ : २३
निर्वाचनमा तालमेलको लागि गठबन्धनका दलसँग छलफल भएकाे छ : सुवासचन्द्र नेम्वाङ

अर्घाखाँची । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी प्रतिनिधि सभाको चुनावमा तालमेलको लागि गठबन्धनमा रहेका र बाहिर रहेका दलहरुसँग तालमेलको विषयमा बहस भइरहेको बताएका छन ।

सोमबार प्रेस चौतारी अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले यस्तो बताएका हुन। यदि कुनै कारण बहस तालमेल हुन नसकेको खण्डमा एमाले एक्लै चुनावी मैदानमा जानको लागि तयारी अभियानमा लागेको समेत उनले बताए ।

अहिलेको सत्ता गठबन्धन संसदीय मूल्य र मान्यता विपरितको दूषित गठबन्धन भएको बताउनुभयो । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता सम्बन्धी विधेयक संविधानको मर्म अनुसार भएको बताए । यस विषयमा एमालेले ठिक(बेठिक केही नभनेको उनले बताए ।

नागरिकताको विषयमा सत्ता गठबन्धन नेताहरुको विचार मिश्रित रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस