स्थानीय तहका पदाधिकारीलाई धनराजको निर्देशन– भोट नदिएका जनतालाई पनि उत्तर दिनु होला

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, १३ : ०१
स्थानीय तहका पदाधिकारीलाई धनराजको निर्देशन– भोट नदिएका जनतालाई पनि उत्तर दिनु होला

 काठमाडौं ।  नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पारदर्शिता र जवाफदेहीतालाई मूलमन्त्र बनाएर काम गर्न स्थानीय तहका निर्वाचित पदाधिकारीलाई निर्देशन दिएका छन् । कांग्रेसलाई भोट नदिएका जनताको पनि प्रश्नको जवाफ दिनेगरी काम गर्न उनले आग्रह गरे । 

स्थानीय तहका पदाधिकारीका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सोमवार ललितपुरमा सम्बोधन गर्दै उपसभापति गुरुङले चुनावमा गरेको अठोट नबिर्सन आग्रह गरेका हुन् ।

‘अध्याँरो कोठामा कसैले देख्दैन भनेर नसम्झिनु होला भगवान्ले देखिरहेको हुनसक्छ । पारदर्शिताको कुरालाई अगाडि राख्नु होला’, गुरुङले भने, ‘भोट दिने जनताले प्रश्न गर्न सक्छन, भोट नदिएको जनतालाई पनि उत्तर दिन जरुरी छ । चुनावको बेला गरेको अठोट र प्रतिबद्धता–पत्रअनुसार काम गर्नुहोस् ।’ 

स्थानीय तहमा कांग्रेसले पाएको मतको आधारमा कांग्रेस प्रतिनिधि सभा चुनावमा बहुमतको यात्रामा अगाडि बढेको उनले बताए । 
 

प्रतिक्रिया दिनुहोस