हंसले मनायो आठौँ वार्षिकोत्सव

बुधबार, २७ मंसिर २०७४, १९ : २३
हंसले मनायो आठौँ वार्षिकोत्सव

चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्था लि. नारायणगढले बुधबार संस्थाको आठौँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
वार्षिकोत्सव समारोहमा सम्मान एवं रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । नारायणगढको शहीदचोकस्थित संस्थाको भवन अगाडि आयोजना गरिएको रक्तदान कार्यक्रममा ६ जना महिलासहित ५२ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा १८ जनाले पहिलोपटक रक्तदान गरेका थिए ।
जिल्ला समन्वय समिति चितवनका संयोजक कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहेको वार्षिकोत्सव समारोह संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा सम्पन्न भएको थियो । 
समारोहमा पूर्वसाँसद गीता वाग्ले, जिल्ला सहकारी संघका अध्यक्ष टीकाराम भट्टराई, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य केशवप्रसाद रेग्मी, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झा, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापा, चितवन मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. दयाराम लम्साल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एक सय दस पटक रक्तदान गरेका भरतपुर निवासी ध्रुवराज थपलियालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी संस्थाका उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी र कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस