टानको निर्वाचन आज, अध्यक्षका लागि तीन जना मैदानमा

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, ०८ : ३९
टानको निर्वाचन आज, अध्यक्षका लागि तीन जना मैदानमा

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि सोमबार निर्वाचन हुँदैछ ।

मतदान दिउँसो १ बजेदेखि शुरु हुने जनाइएको छ । निर्वाचनमा  देशभरबाट १२ सय ४८ प्रतिनिधिले मतदान गर्ने टानले जनाएको छ । 

भावी नेतृत्वका लागि अध्यक्षमा नीलहरि बाँस्तोला र रामप्रसाद सापकोटाका साथै बोधराज भण्डारीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस