ला लिगा : रियल मड्रिडको विजयी सुरुवात

एजेन्सी

सोमबार, ३० साउन २०७९, ०७ : ४७
ला लिगा : रियल मड्रिडको विजयी सुरुवात

एजेन्सी । साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२र२३ सिजनमा विजयी सुरुवात गरेको छ । 

आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्ध पुनरागमन सहित २-१ को जित निकाल्यो  । १-० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक(एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन ।

जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको साविक विजेता रियलले महत्त्वपूर्ण तीन अंक जोड्यो ।  गय राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने बराबरीमा रोकिएको थियो

प्रतिक्रिया दिनुहोस