चौधरी ग्रुपको सिजी ल्याण्डमार्क तेस्रो वर्षमा प्रवेश

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, २२ : १७
चौधरी ग्रुपको सिजी ल्याण्डमार्क तेस्रो वर्षमा प्रवेश

चितवन । चौधरी ग्रुपको सिजी ल्याण्डमार्क तेस्रो वर्षमा प्रवेश गरेको छ । भरतपुरमा रहेको सिजी ल्याण्डमार्कले तेस्रो वार्षिकोत्सव मनाएको छ । चौधरी ग्रुपका सञ्चालक राहुल चौधरीले वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरे । चौधरी ग्रुपका सञ्चालक चौधरीले सिजी ल्याण्डमार्कलाई उपभोक्ताको भरपर्दो बजार बनाइने बताए।

उनले सर्वसाधरणलाई सहज रुपमा किनमेल तथा मनोरञ्जनका लागि बजार घुमिरहनुपर्ने बाध्यता सिजी मलले हटाएको दाबी गरे । उनले कोभिड महामारीका बेलामा समेत सिजी मलमा उपभोक्ताको चाप सन्तोषजनक रहेकाले आगामी दिनमा समेत अझ बढी विश्वास जित्ने बताए । चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक नारायण श्रेष्ठले चितवन तथा आसपासका जिल्लाका स्थानीयलाई सिजी ल्याण्डमार्क साथी सरह बनेको बताए । 

उनले शहरभित्रको पनि शहरका रुपमा सिजी ल्याण्डमार्कले पहिचान बनाएको बताए । भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले सिजी ल्याण्डमार्कले भरतपुरको गरिमा बढाएको बताए। उनले ल्याण्डमार्क स्थापना भएसँगै एकै थलोबाट अनेक सेवा लिने सहज वातावरण बनेको बताए। भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले सिजी ल्याण्डमार्कलाई विपन्न समुदायले पनि सेवा लिन र दिन मिल्ने ठाउँका रुपमा रुपान्तरण गर्नुपर्ने बताए । 

उनले सिजी ल्याण्डमार्कले भरतपुरकै पहिचान बदलेको बताए । सिजी ल्याण्डमार्कका निर्देशक इञ्चार्ज राजेन्द्र अर्यालले कोभिडका कारण विगत दुई वर्ष वार्षिकोत्सव मनाउन नपाएपनि पहिलो पटक वार्षिकोत्सव मनाइएको बताए । ल्याण्डमार्कका प्रमुख कार्यकारी अधिकृत उज्वल केसीले वार्षिकोत्सवका अवसर पारेर मनसुन फेष्टिभ अन्र्तगत ५ देखि ४० प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो । वार्षिकोत्सवको अवसर पारेर साउन २७ देखि ३ दिन मनोरञ्जनात्मक कार्यक्रमहरु भएका थिए ।

सिजी ल्याण्डमार्कमा दैनिक सरदर २ हजार जनाले सेवा लिदै आएका छन् । सिजी ल्याण्डमार्क १० तले अत्याधुनिक सुविधासम्पन्न विश्वस्तरको व्यापारिक कम्प्लेक्स हो । अन्र्तराष्ट्रिय तथा स्वदेशी उच्चस्तरका ब्राण्डका सामानहरु किनमेल गर्न सकिनेछ । सुविधासम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ सेन्टर, सभाहल, गेम जोन लगायतका सुविधाहरु रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस